दफा १२७
क्षतिपूर्ति भराउनु पर्ने

यस परिच्छेदको दफा १०४, १०५, १०६, १०७, १०८, १०९, ११०, १११, ११३, ११४, ११५, ११६, ११७, ११८ र १२४ बमोजिमको कसूरबाटकसैलाई हानि, नोक्सानी वा कसैको सम्पत्तिमा क्षति भएमा कसूरदारबाट त्यस्तो हानि, नोक्सानी हुने व्यक्तिलाईक्षतिपूर्ति भराई दिनु पर्नेछ ।